काँग्रेसको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति गठन 
हेटौंडा, १८ कात्तिकरनेपाली काँग्रेस मकवानपुर ३ नम्बर 
क्षेत्रीय कमिटिले आईतबार आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
नेपाली काँग्रेसका ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको सभाध्यक्षतामा सम्पन्न बैठकले क्षेत्रीय सभापति चौलागाईको संयोजकत्वमा १ सय ५१ सदस्यीय ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
त्यसैगरी बैठकले क्षेत्रीय सल्लाहकार कृष्णप्रसाद दाहालको संयोजकत्वमा निर्वाचन अनुगमन समिति बनाएको छ भने निर्वाचित क्षेत्रीय सदस्य गणेशहरि उप्रेतीलाई ३ नम्बर क्षेत्रीय उपसभापतिमा मनोनयन गरेको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार एवं प्रतिनिधि सभा १ को प्रदेशसभा ख का उम्मेदवार अशोक शाक्य, प्रवक्ता कोईराला, जिल्ला सदस्यहरु ईन्दिरा न्यौपाने, अमृता थापामगर, भीमसेन महत, दलित महिला संघकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मालगायतले बोल्नुभएको थियो ।					
Nov 06 2017, 15:54

Meropost.com · Contacts · Advertise · Mobile Version
Powered by Tuchuk Serives (P) Ltd.
Design